सुनसरी ४ : सुरु हुन सकेन मतगणना, आन्दोलनको तयारीमा एमाले

हिमाल प्रेस १२ मंसिर २०७९ १६:११ | Monday, November 28, 2022
सुनसरी ४ : सुरु हुन सकेन मतगणना, आन्दोलनको तयारीमा एमाले

इटहरी- सुनसरी क्षेत्र नं. ४ मा स्थगित भएको मतगणना तत्काल सुरु नगरिए सडक संघर्ष गर्ने नेकपा एमालेले जनाएको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका जगदीशप्रसाद कुसियतले रोकिएको मतगणना तत्काल सुरु गर्न माग गरे।

तत्काल कुनै निर्णय नभए सडक संघर्ष सुरु गर्ने उनको भनाइ छ। समय लम्बिँदै जाँदा कार्यकर्ता अशान्त बन्दै गएको उनको भनाइ छ। कुसियतले भने, ‘आज कुनै निर्णय भएन, मतगणना सुरु भएन भने हामी सडक मैदानमा हुनेछौँ। हामी सडक संघर्ष पनि गर्नेछौँ। वार्ता पनि गर्छौँ।’

कुनै अप्रिय परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १२ मंसिर २०७९ १६:११ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast