मिटरब्याजको समस्या सरकार हो : अमरेशकुमार सिंह

हिमाल प्रेस १५ चैत २०७९ १६:१२ | Wednesday, March 29, 2023
मिटरब्याजको समस्या सरकार हो : अमरेशकुमार सिंह अमरेशकुमार सिंह

काठमाडौँ– सांसद अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको आरोप लगाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले मिटरब्याजको जड साहु नभएर सरकार भएको आरोप लगाएका हुन्।

‘सरकार यो देशलाई अस्तव्यस्त बनाएर, गरिबलाई झन् गरिब बनाएर शासन गर्न खोजेको हो,’ उनले भने, ‘गरिबी र अशिक्षामाथि सरकारले सरकार सञ्चालन गर्न खोजेको हो। कहिले पनि शिक्षाको विकास गर्दैन। गरिबको चिन्ता गर्दैन।’

उनले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताए। सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको पनि उनको आरोप छ।

प्रकाशित: १५ चैत २०७९ १६:१२ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast