प्रकाश ज्वालालाई सरकारमा पठाउने नेकपा एसको निर्णय

हिमाल प्रेस १५ चैत २०७९ १५:४८ | Wednesday, March 29, 2023
प्रकाश ज्वालालाई सरकारमा पठाउने नेकपा एसको निर्णय

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका उपमहासचिवलाई पार्टीले सरकारमा पठाउने निर्णय गरेको छ। पार्टी सचिवालयको बुधबार बसेको बैठकले उनलाई सरकारमा पठाउने निर्णय गरेको पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।

बुधबार विस्तार हुने मन्त्रिपरिषदमा नेकपा एसले पहिलो चरणमा प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने सम्भावना छ। एकीकृत समाजवादीले सरकारमा दुई वटा मन्त्रालय पाउने भएको छ।

प्रकाशित: १५ चैत २०७९ १५:४८ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast