चितवनमा तोरीको उत्पादन बढ्यो

हिमाल प्रेस १३ चैत २०७९ २०:२१ | Monday, March 27, 2023
चितवनमा तोरीको उत्पादन बढ्यो

चितवन- चितवनमा तोरीको उत्पादन बढेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष तोरी उत्पादन बढेको हो। कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत आर्थिक वर्षको तुलनामा तोरीखेती गर्ने क्षेत्रफल बढेकाले उत्पादन पनि बढेको हो।

केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार यस वर्ष १५ हजार नौ सय २४ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो। सो क्षेत्रफलमा १९ हजार एक सय आठ मेट्रिक टन तोरी उत्पादन भएको उनले बताए। आव २०७७/७८ मा १२ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकोमा १२ हजार दुई सय १८ मेट्रिक टन तोरी उत्पादन भएको थियो।

गत आर्थिक आव २०७८/७९ मा १३ हजार दुई सय ७० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकोमा १४ हजार आठ सय ६२ मेट्रिक टन तोरी उत्पादन भएको थियो।

तीन वर्षको तथ्यांकअनुसार तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको छ। चितवनमा तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएकाले क्षेत्रफल र उत्पादन बढ्दै गएको पुनले जानकारी दिए। तोरीखेतीलाई जंगली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान तोरीखेतीतर्फ आकर्षित भएको पुनले बताए।

चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली, जितपुर क्षेत्रमा तोरीखेती बढी गरिन्छ। रासस

प्रकाशित: १३ चैत २०७९ २०:२१ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast