लुम्बिनी विकास बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम

हिमाल प्रेस १३ चैत २०७९ १८:४८ | Monday, March 27, 2023
लुम्बिनी विकास बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ- लुम्बिनी विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। बैंकले ‘ग्लोबल मनी वीक २०२३’ अन्तर्गत मुलुकभर नै वित्तीय साक्षरता कार्यक्रम गरेको हो।

युवाहरूमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यले ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ नारासहित चैत ६ गतेदेखि आइतबारसम्म कार्यक्रम सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ।

बैंकले विद्यालय समुदायका लागि वित्तीय शिक्षा र विभिन्न वित्तीय गतिविधिका सन्दर्भहरू प्रस्तुत गर्दै कार्यक्रम गरेको हो। विद्यार्थीहरूलाई वित्तीय योजना र व्यवस्थापन, बजेट निर्माण तथा परिमार्जन, बचत र लगानीलगायत बारे जानकारी गराइएको बैंकले बताएको छ।

बैंकले सुदूरपश्चिमको धनगढी र लम्की, कर्णालीको विरेन्द्रनगर, लुम्बिनीको नेपालगञ्ज, घोराही र मणिग्राममा वित्तीय साक्षरता कार्यक्रम गरेको हो। त्यस्तै, गण्डकीको पोखरा, बाग्मतीको नारायणगढ र काठमाडौँ, मधेश प्रदेशको वीरगञ्ज र कोशी प्रदेशको विराटनगरमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो।

प्रकाशित: १३ चैत २०७९ १८:४८ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast