जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

हिमाल प्रेस १३ चैत २०७९ १७:३२ | Monday, March 27, 2023
जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- फागुन १ लाई जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध परेको रिट सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

आइतबार दायर भएको रिट सर्वोच्च प्रशासनले अध्ययनका लागि भन्दै रोकेको थियो। द्वन्द्वपीडितहरूले नै रिट दिएका थिए। सर्वोच्चले सार्वजनिक बिदा दिने नदिने विषय कार्यपालिकाको भएको भन्दै यसमा सर्वोच्चबाट नीतिगत निरुपण हुन नसक्ने जनाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले निर्णय गरेपछि गत फागुन १ गते जनयुद्ध दिवस मनाइएको थियो।

‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

 

प्रकाशित: १३ चैत २०७९ १७:३२ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast