‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

हिमाल प्रेस १२ चैत २०७९ १८:५०
42
SHARES
‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ- सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने र सार्वजनिक बिदा दिनेबारे गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। द्वन्द्वपीडितहरूले सामुहिक रुपमा ‘जनयुद्ध दिवस’ खारेज गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दिएका हुन्। रिट दर्ता हुने नहुने निर्णय सोमबार हुनेछ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिट आएको तर अध्ययनकै क्रममा रहेकोले आज दर्ता नभएको जानकारी दिए।नेकपा (माओवादी)ले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो। उक्त युद्ध १० वर्ष चलेको थियो।

सरकारले फागुन १ गते बिदा दिने निर्णय गरेपछि चौतर्फी आलोचना पनि भएको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका सहिद, घाइते र बेपत्ताहरूको सम्मानमा दिवस मनाउने निर्णय गरिएको बताउँदै आएका छन्।

प्रकाशित: १२ चैत २०७९ १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =