उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा शाही

हिमाल प्रेस १३ चैत २०७९ ९:५१ | Monday, March 27, 2023
उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा शाही

कर्णाली- उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। संघको वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो।

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज्य उपाध्यक्षमा पारस विष्ट, उद्योग उपाध्यक्षमा गोरख विक, महिला उपाध्यक्षमा चन्द्रा कार्की र महासचिव खगेन्द्र पुलामी मगर निर्वाचित भएका छन्।

त्यस्तै, सचिव नरबहादुर विक, कोषाध्यक्ष अनिल शाही तथा सदस्य तेजबहादुर सिंह, जंगबहादुर बिसी, प्रेमबहादुर श्रेष्ठ, दीपेन्द्र गैरे, खिमबहादुर वली, ललित सुनार, जनक विष्ट, पदमा देउवा र बेलमती नेपाली निर्वाचित भएको अध्यक्ष शाहीले बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्दै वाणिज्य क्षेत्रबाट नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्न तथा कर्णालीको अर्थतन्त्रलाई सघाउने खालको योजना अगाडि बढाउन आग्रह गरे।

प्रकाशित: १३ चैत २०७९ ९:५१ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast