वित्तीय स्थायित्वमा जोखिम बढेको आईएमएफ प्रमुखको चेतावनी

हिमाल प्रेस १२ चैत २०७९ २२:०७ | Sunday, March 26, 2023
वित्तीय स्थायित्वमा जोखिम बढेको आईएमएफ प्रमुखको चेतावनी

बेइजिङ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले वित्तीय स्थायित्वमा जोखिम बढेको बताएको छ। आईएमएफका प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको बताएकी हुन्। पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको उथलपुथलपछि सतर्कता अपनाउनुपर्ने उनले औंल्याइन्।

बेइजिङमा आयोजित एक कार्यक्रमा बोल्दै युक्रेनमा युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा तल झरेको बताइन्। यस्तो अवस्थामा सन् २०२३ अर्को चुनौतीपूर्ण वर्ष हुने जोखिम रहेको उनले बताइन्। ‘सन् २०२३ को मध्यावधिमा विश्व अर्थतन्त्रको अवस्था कमजोर रहने सम्भावना छ,’ उनले भनिन्, ‘अनिश्चितता असाधारण रूपमा उच्च छ । वित्तीय स्थायित्वमा जोखिम बढेको पनि स्पष्ट छ।’

सिलिकन भ्याली बैंकको पतन र प्रतिद्वन्द्वी यूबीएसले स्वीस बैंक क्रेडिट सुइसलाई जबर्जस्ती अधिग्रहण गरेसँगै वित्तीय क्षेत्र धराशायी देखिएको उनले बताइन्। रासस/सिन्ह्वा

प्रकाशित: १२ चैत २०७९ २२:०७ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast