आगामी बजेट : भौतिक पूर्वाधारमा २१ प्रतिशतले घट्ने

हिमाल प्रेस १२ चैत २०७९ १९:४८ | Sunday, March 26, 2023
आगामी बजेट : भौतिक पूर्वाधारमा २१ प्रतिशतले घट्ने

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माण थालेको छ। राष्ट्रिय योजना आयोगले तोकेको बजेटको सीमाअनुसार विषयगत मन्त्रालय एवं अर्थ मन्त्रालयले बजेट निर्माणको प्रक्रिया अगाडी बढाएको हो।

सो अनुसार आगामी आर्थिक वर्षमा भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयको बजेट चालू आर्थिक वर्षको तुलनामा घट्ने देखिएको छ। चालू आर्थिक वर्ष २०७९/८०को तुलनामा आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट २१.८ प्रतिशतले घट्ने देखिएको हो।

चालू आर्थिक वर्षमा मन्त्रालयको बजेट एक खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बराबर रहेको थियो। आगामी आर्थिक वर्षका लागि योजना आयोगले एक खर्ब २६ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट सीमा तोकेको छ।

आगामी आर्थिक वर्षका लागि आयोगले तोकेको सीमा चालू आर्थिक वर्षको विनियोजनको तुलनामा २१.८ प्रतिशतले कम हो। राससको सहयोगमा

प्रकाशित: १२ चैत २०७९ १९:४८ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast