टिभिएसको बिर्तामोड-कन्याम राइड सम्पन्न

हिमाल प्रेस १२ मंसिर २०७९ १२:०१ | Monday, November 28, 2022
टिभिएसको बिर्तामोड-कन्याम राइड सम्पन्न

काठमाडौँ- नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे ओनर्स ग्रुप (एओजी) राइडको आयोजना गरेको छ। ३० जना राइडरको सहभागिता रहेको राइड बिर्तामोडदेखि कन्यामसम्म गरिएको थियो।

राइडका क्रममा कम्पनीले ट्राफिक नियम, सडक सुरक्षा, सुरक्षित यात्रालगायतका विषयमा सामान्य प्रशिक्षणसमेत दिएको थियो। जगदम्बा मोटर्सले काठमाडौँ, कोसी, गण्डकी, लुम्बिनी, नारायणीलगायत स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ।

टिभिएसका प्रयोगकर्ताले अत्यधिक रुचाएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीले जनाएको छ। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल बनाएको छ।

प्रकाशित: १२ मंसिर २०७९ १२:०१ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast