साहित्यकार श्रीओम श्रेष्ठ सम्मानित

हिमाल प्रेस १२ चैत २०७९ १५:११ | Sunday, March 26, 2023
साहित्यकार श्रीओम श्रेष्ठ सम्मानित

काठमाडौँ- साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित भएका छन्। उनी लामो समययता नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा सक्रिय छन्। नेपाली साहित्यमा विशिष्ट योगदान दिएबापत उनलाई ‘लीलाध्वज थापा साहित्य सम्मान’ बाट सम्मानित गरिएको हो। लामो समयसम्म साहित्यिक पत्रिका मधुपर्कका सम्पादक रहेका श्रेष्ठले गोरखापत्र दैनिकको प्रधानसम्पादकका रूपमा समेत काम गरेका छन्।

कवि तथा उपन्यासकार लीलाध्वज थापाको स्मृतिमा पारिवारिक स्रोतमा लीलाध्वज थापा साहित्य प्रतिष्ठान स्थापना गरिएको हो। सम्मान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा सभापति थिए। साहित्यकार बमबहादुर थापा ‘जिताली’, रामप्रसाद पन्त, प्राडा गोविन्दमान सिंह कार्कीको आतिथ्यतामा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा साहित्यकार रामप्रसाद पन्तले सम्मानित स्रष्टा श्रेष्ठले नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताए।

कार्यक्रममा श्रेष्ठले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट सम्मान पाउँदा आफूलाई ज्यादै खुशी लागेको बताए। कार्यक्रममा प्राडा गोविन्दमान सिंह कार्कीले लीलाध्वज थापाद्वारा रचित दुर्लभ कविता, कालो झण्डा वाचन गरेका थिए। त्यस्तै अन्य साहित्यकारले पनि आआफ्ना रचना वाचन गरेका थिए।

प्रकाशित: १२ चैत २०७९ १५:११ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast