प्रतिनिधिसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

हिमाल प्रेस १२ चैत २०७९ १२:०१ | Sunday, March 26, 2023
प्रतिनिधिसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै प्रधानमन्त्री प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको रूपमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यस्तै आज (आइतबार) बस्ने राष्ट्रियसभाको बैठकमा डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ सभा समक्ष पेस गर्ने कार्यसूची छ।

प्रकाशित: १२ चैत २०७९ १२:०१ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast