नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

हिमाल प्रेस १२ चैत २०७९ ११:०६ | Sunday, March 26, 2023
नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली

काठमाडौँ- नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदीप पराजुली निर्विरोध निर्वाचित भएका छन्। शनिबार काठमाडौँमा भएको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकी सुचित्रा श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पराजुली निर्वाचित भएका हुन्।

उपाध्यक्षमा सुभाष गजुरेल र महिला उपाध्यक्षमा दीपशिखा खड्का चयन भएका छन्। महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चयन भए।

त्यस्तै सदस्यहरूमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाईं, उत्सव केसी, अमृतमान महर्जन छन्। सह-सदस्य पदमा भएको निर्वाचनमा सीमा गुरुङ र रामकुमार श्रेष्ठ निर्वाचित भए।

प्रकाशित: १२ चैत २०७९ ११:०६ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast