महासचिवकै गृहजिल्लामा समानुपातिकतर्फ माओवादी चौथो

हिमाल प्रेस १२ मंसिर २०७९ ७:३६ | Monday, November 28, 2022
महासचिवकै गृहजिल्लामा समानुपातिकतर्फ माओवादी चौथो

लमजुङ- लमजुङमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ। समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएको छ।

लमजुङ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको गृहजिल्ला हो। तर उनले प्रत्यक्षमा चुनाव हारे। यता समानुपातिकमा पनि उल्लेखीय मत आएन। लमजुङमा एमालेले समानुपातिक मत ३१ हजार, एक सय ७८ प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २७ हजार ७ सय ९६ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेको छ।
गुरुङको पार्टी नेकपा माओवादी केन्द्रले ६ हजार ४ सय ८३ मत मात्र प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार २ सय १८ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ ।

समानुपातिक तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी २३ सय ८, नेकपा एकीकृत समाजवादी पार्टी ५ सय ८२, जनता समाजवादी पार्टी २ सय ६१, मंगोल नेशनल अर्गनाइजेसन ४ सय ९७, राष्ट्रिय जनमोर्चा ३६ मत आएको छ।

जनमत पार्टी ६८, नेकपा माले ४३, नेकपा माओवादी समाजवादी ४६, हाम्रो नेपाली पार्टी ४४, राष्ट्रिय जनमुक्ति पार्टी ५०, नेपाली कांग्रेस विपी २१ जनसमाजवादी पार्टी २७, सामाजिक एकता पार्टी ६७, नेमकिपा १९, विवेकशील साझा ८, आमुल परिवर्तन मसिहा पार्टी ७९, नागरिक उन्मुक्ति पार्टी १५, नेपाली जनता दल ४१ मत प्राप्त गरेका छन् ।

प्रकाशित: १२ मंसिर २०७९ ७:३६ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast