सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम

हिमाल प्रेस ११ चैत २०७९ १२:२५ | Saturday, March 25, 2023
सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम

सुर्खेत- कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सांग्रीला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता कार्यक्रम चलाएको छ।

सांग्रीला डेभलपमेन्ट बैंक सुर्खेत शाखाले शुक्रबार बालबालिका तथा युवा‍लाई लक्षित गर्दै कक्षा ९, १०, ११ का विधार्थी र शिक्षक माझ वित्तीय सचेतनामूलक कार्यक्रम गरेको हो।

विद्यार्थीलाई वित्तीय साक्षरताको महत्व तथा उद्देश्य बारेमा शाखा प्रबन्धक जीवन डीसीले जानकारी गराएका छन्। नेपालगन्जबाट पोखरा हुँदै काठमाडौंमा केन्द्रीय कार्यालय स्तान्तरण गरेको बैंकले देशभरबाट शाखा कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

पछिल्लो समय बैकले सर्वसाधारणका लागि उपलब्ध गराउने सरल कर्जा प्राप्त गर्ने तरिका र बचतहरूको बारेमा जानकारी गराएको बैंकका कर्मचारी निकिता तुलाधरले जानकारी दिए।

प्रकाशित: ११ चैत २०७९ १२:२५ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast