विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

हिमाल प्रेस ११ चैत २०७९ ९:५० | Saturday, March 25, 2023
विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

सर्लाही- सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९ का सवा दुई सय विपन्न परिवारलाई निःशुल्क खानेपानी उपलब्ध गराइएको छ।

इस्लामिक रिलिफ नेपालको सहयोगमा बागमती सेवा समाज हरिवनले खानेपानीको व्यवस्था गरेको हो। वडा १ को मस्लिम, पोखरीया तक्मा, बैद्यनाथपुर र शंकरगञ्जका ७५, ३ को भक्तिपुर, खड्का र तीनघरे मगरटोलका ७५ र ९ को खुसीपुर, कुरैनियाँ, रामनगर र खोरियाटोलका ७५ विपन्न तथा गरिब घरपरिवारलाई चापाकलमार्फत शुद्ध पिउने पानीको व्यावस्था गरिएको उत्थानशील समुदाय निर्माण परियोजनाका परियोजना प्रमुख चिरञ्जीवी महतोले जानकारी दिए।

जम्मा १५ वटा चापाकलमार्फत पिउने पानीको व्यवस्था गरिएको हो। नगरका यी तीन वडावासीले प्रयोग गर्दै आएको पिउने पानीमा आर्सेनिक मिसिएको साथै सोही पानी पिउनु पर्दा स्वास्थ्यमा विभिन्न किसिमका समस्या आएको गुनासो आएपछि नगरपालिकाले सिफारिस गरेर सेवा समाजले प्रतिचापाकल करिब ८० हजार लगानी गरेर निःशुल्क खानेपानीको व्यावस्था गरेको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिए।

अहिले शुद्ध पिउने पानी आउने गरेको र आफूहरुले पहिला गाडेको कल चलाउन छाडेको ईश्वरपुर नगरपालिका-१ का रधुवीर सिंहले बताए। नगरपालिकाले सिफारिस गरेपछि आफूहरुले सोही क्षेत्रमा काम गरेको इस्लामिक रिलिफ नेपालको उत्थानशील समुदायको निर्माण परियोजनाका परियोजना प्रमुख महतोले बताए।

प्रकाशित: ११ चैत २०७९ ९:५० | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast