रुसको खेरसन ओब्लास्टमा ५४ पटक गोली प्रहार, एक जनाको मृत्यु

हिमाल प्रेस १२ मंसिर २०७९ ६:१० | Monday, November 28, 2022
रुसको खेरसन ओब्लास्टमा ५४ पटक गोली प्रहार, एक जनाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ– खेरसन ओब्लास्टका गभर्नर यारोस्लाभ यानुशेभिचले नोभेम्बर २७ मा रूसी सेनाले यस क्षेत्रमा विगतका दिनमा ५४ पटक सम्म गोलाबारी गरेको र एक व्यक्तिको मृत्यु भएको बताएको छ।

यस्तै उक्त घटनामा एक बच्चासहित दुई जना घाइते भएका छन्। यानुशेभिचले भने कि रुसी सेनाले जानजान नागरिक पूर्वाधार र नागरिकहरूमा ती आक्रमण गरेको बताएको छ।

रूसीहरूले निजी भवन, अपार्टमेन्ट भवनहरू तथा सार्वजनिक विद्यालयहरूलाईसमेत निशाना बनाएका छन्।

यस्तै खेरसन क्षेत्रमा आवासीय भवन, ग्यारेज र एउटा शैक्षिक संस्थामा आगलागी गरिएको छ। यस्तै त्यहाँनजिकैका आठ गाउँहरू आगोको चपेटामा परेका छन्। रुसी सेनाहरूले रणनीतिकरूपमा मानव वस्ती भएका क्षेत्रलाई निशाना बनाई आक्रमणलाई तीव्रता दिएका छन्।

प्रकाशित: १२ मंसिर २०७९ ६:१० | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast