हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ प्रदर्शन

हिमाल प्रेस १० चैत २०७९ ११:४४ | Friday, March 24, 2023
हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ प्रदर्शन

काठमाडौँ- शुक्रबार देखि नेपाली सिनेमा हलमा हलिउड फिल्म ‘जोन विक च्याप्टर ४’ प्रदर्शन भएको छ। फिल्मले मल्टिप्लेक्समा अतिरिक्त सो पाएको छ।

बुधबारदेखि अनलाइन बुकिङ खुला गरिएको फिल्मको प्रायः सो भरिभराउ छन्। हलिउड एक्सन र थ्रिलर जनरामा बनेको हलिउड फिल्मका निर्देशक चाद स्टहेल्स्की हुन्।

फिल्ममा केइनु रिभ्स, डोनी येन, बिल स्कर्डगर्ड मुख्य भूमिकामा छन्। सिनेमाको नेपाल रिलिज अधिकार सिंहदेवी प्रोडक्सनले लिएको छ।

जोन विकका यसअघिका तीनै भाग सफल छन्।

प्रकाशित: १० चैत २०७९ ११:४४ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast