२ करोड ९१ लाख ६४ हजार ५७८ नेपाली [प्रतिवेदनसहित]

हिमाल प्रेस १० चैत २०७९ १०:५९
32
SHARES
२ करोड ९१ लाख ६४ हजार ५७८ नेपाली [प्रतिवेदनसहित]

काठमाडौँ- केन्द्रीय तथ्यांक कार्यालयले आज (शुक्रबार) १२ औँ राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ।

कार्यालयका अनुसार पुरुष ४८.९८ प्रतिशत अर्थात् १ करोड ४२ लाख ५३ हजार ५५१ र महिला ५१.०२ प्रतिशत अर्थात् १ करोड ४९ लाख ११ हजार २७ जना छन्। अन्य लिंगीको संख्या २ हजार ९२८ छ।

यसअघि गत वर्ष माघ १२ गते तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा २ करोड ९१ लाख ९२ हजार ४८० थियो। २०६८ मा भने कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो।

जनगणनाअनुसार देशमा बसाबाास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७ छन्, जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन्। २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ थियो।

भौगोलिक क्षेत्रअनुसार तराइमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६ लाख ३४ हजार जना), पहाडमा ४०.३१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या छ।

प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ।

जिल्लागत रूपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं (२० लाख ४१ हजार ५८७ जना) र सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ (५ हजार ६५८ जना) हो।

हेर्नुहोस् प्रतिवेदनः-

प्रकाशित: १० चैत २०७९ १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 2 =