श्रीमान् र जेठाजुको कुटाइबाट घाइते कमलाको मृत्यु

हिमाल प्रेस ९ चैत २०७९ १३:४९ | Thursday, March 23, 2023
श्रीमान् र जेठाजुको कुटाइबाट घाइते कमलाको मृत्यु सांकेतिक तस्बिर।

पोखरा- स्याङ्जाको पुतलीबजारमा श्रीमान् र जेठाजुको कुटाइबाट घाइते भएकी कमला न्यौपाने सुवेदीको उपचारका क्रममा मृत्यु भएको छ। डेढ महिनाअघि घाइते उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा  बुधबार मृत्यु भएको हो।

पुतलीबजार-१३ की सुवेदीलाई माघ २२ गते श्रीमान् लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेले निर्घात कुटपिट गरेका थिए। न्यौपाने दम्पतीका २ छोरी र १ छोरा छन्।

छोरी क्रिसला सानीमाको घरमा गएकी थिइन्। त्यही बेला निर्घात कुटिएकी कमलालाई गाउँलेले बेहोस अवस्थामा भेटेपछि पोखरामा उपचारका लागि ल्याइएको थियो। कुटपिटको १५ घण्टापछि मात्र अस्पताल भर्ना गरिएकी कमलाको पोखरामा उपचार हुन नसकेपछि भेन्टिलेटरमा राखेर नर्भिक अस्पताल लगिएको थियो।

कुटपिटमा संलग्न श्रीमान् र जेठाजुलाई प्रहरीले माघ २२ गते नै नियन्त्रणमा लिई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो। जिल्ला अदालतले चैत ३ गते जेठाजु केशवराजलाई २ लाख धरौटीमा रिहा गरेको छ भने लक्ष्मीप्रसादलाई पुर्पक्षका लागि जिल्ला कारागार पठाएको छ।

प्रकाशित: ९ चैत २०७९ १३:४९ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast