‘सक्किगोनी’ चैत अन्तिम सातादेखि पुनः प्रसारण हुने

हिमाल प्रेस ९ चैत २०७९ १३:१९ | Thursday, March 23, 2023
‘सक्किगोनी’ चैत अन्तिम सातादेखि पुनः प्रसारण हुने

काठमाडौँ- सय एपिसोड सञ्चालनपश्चात रोकिएको चर्चित हाँस्य टेलिशृंखला ‘सक्किगोनी’ पुनः प्रसारण हुने भएको छ।
टेलिशृंखलाका कलाकार हरिश निरौला (कक्रोज)ले एक अन्तर्वार्तामा चैत अन्तिमदेखि पुनः प्रसारण हुने जानकारी दिए।

टेलिभिजन र युट्युबसँग गरेको सम्झौता नवीकरण गनुपर्ने भएकोले एपिसोड रोकिएको उनले उक्त वार्तामा खुलाएका छन्।
‘टेलिभिजन र युट्युबसँगको सम्झौता नवीकरण गर्नुपर्ने भएकोले एपिसोड रोक्नु परेको हो।’ उनले भनेका छन्। यसअघि हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको अब कुन टिभीमा प्रसारण हुनेछ भन्ने तथ्य खुलेको छैन्।

सिरियलको लेखन एवं निर्देशन कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले गरेका हुन्।
सिरियलमा कक्रोज, जिग्री र पाँडेसहित सागर लम्साल (बले), प्रियाना आचार्य (मुन्नी) दीपक आचार्य (काकु), कमलमणि नेपाल, गोविन्द कोइराला, रश्मी पाण्डे, लगायतले अभिनय गरेका छन्।

प्रकाशित: ९ चैत २०७९ १३:१९ | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast