माओवादी नेता ईन्द्र आङ्बोमाथि आक्रमण प्रयास

हिमाल प्रेस ७ चैत २०७९ १६:३९ | Tuesday, March 21, 2023
माओवादी नेता ईन्द्र आङ्बोमाथि आक्रमण प्रयास इन्द्रबहादुर आङ्बो।

काठमाडौँ- कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका संसदीय दल नेता ईन्द्र आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ।

कोशी प्रदेश नाम राखेको विरोधमा आन्दोलन गरिरहेका पहिचानवादीहरूले उनीमाथि आक्रमणको प्रयास गरेका हुन्। आन्दोलनकारीले आङ्बो चढेको गाडीमा भने सामान्य क्षति पुर्‍याएका छन्। उनी सवार गाडीमा ढुंगा प्रहार भएको थियो।

आङ्बो पार्टीको कार्यक्रममा सहभागी हुन ताप्लेजुङ जाँदै गर्दा आक्रमण भएको हो। प्रदेशको नाममा आपत्ति जनाउँदै सोमबार मुख्यमन्त्री हिक्मत कार्कीमाथि पनि आक्रमणको प्रयास भएको थियो। कोशी प्रदेशको विभिन्न जिल्लामा आन्दोलन जारी छ। मुख्यमन्त्री कार्कीले भने प्रदेशको नाम अब परिवर्तन नहुने बताइसकेका छन्।

प्रकाशित: ७ चैत २०७९ १६:३९ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast