विश्‍व सहर र सहरी योजना दिवस मनाइँदै

हिमाल प्रेस ११ मंसिर २०७९ १६:३३ | Sunday, November 27, 2022
विश्‍व सहर र सहरी योजना दिवस मनाइँदै

काठमाडौँ– विश्व सहर दिवस २०७९ र विश्व सहरी योजना दिवस, २०७९ दिवस सोमबार मनाइने भएको छ।

‘दिगो विकासका लागि स्थानीय प्रयास’ नारासहित सहरी विकास तथा भवन निर्माण विभागले दिवसका अवसरमा कार्यशाला गोष्ठीको आयोजना गर्ने भएको हो।

वर्षको नाराबारे प्रष्ट पार्दै दिगो विकासका लक्ष्य सन् २०३० सम्ममा हासिल गर्न समयसीमाको करिब आधा समय व्यतित भइसक्दा पनि लक्ष्य नजिक पुग्न नसकिएको कार्यक्रम संयोजक उपसचिव पद्मकुमार मैनालीले बताए।

‘सहरी विकासतर्फको हाम्रो दृष्टिकोण पुनःविचार गर्नका लागि स्थानीय प्रयास अत्यन्त जरुरी देखिएको छ,’ उनले भने।

हरेक वर्ष नोभेम्बर ८ मा विश्व सहरी योजना दिवस मनाउने गरिन्छ। यस्तै विश्व सहर दिवस अक्टोबर ३१ मा मनाउने गरिन्छ। नेपालमा सन् २०१९ देखि यो दिवस मनाइँदै आइएको छ।

चाडपर्व र चुनावका कारण दुवै दिवस मनाउन ढिलो भएको मैनालीको भनाइ छ। ‘हामी संयुक्त रूपमा दुवै दिवस एकै दिन मनाउँदै छौँ,’ संयोजक मैनालीले भने।

गोष्ठीमा राष्ट्रिय योजना आयोग, भक्तपुर नगरपालिका, बागमती गाउँपालिकालगायत संघ-संस्थाका प्रतिनिधिबीच छलफल तथा अन्तरक्रिया गरिने उनले बताए।

प्रकाशित: ११ मंसिर २०७९ १६:३३ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast