दीपेन गुरुङको ‘गाउँले जीवन’ सार्वजनिक

हिमाल प्रेस ६ चैत २०७९ ११:०७ | Monday, March 20, 2023
दीपेन गुरुङको ‘गाउँले जीवन’ सार्वजनिक

काठमाडौँ- संगीतकार एवं गायक दीपेन गुरुङले म्युजिकल सर्ट फिल्म ‘गाउँले जीवन’ सार्वजनिक गरेका छन्।
म्युजिकल फिल्ममा गाउँमा बसोबास गर्ने मानिसहरुको परिवेश र दैनिकीलाई देखाइएको छ।

गीतमा गायक गुरुङकै शब्द, संगीत र स्वर रहेको छ।

गीतको भिडियोमा दीलिप तामाङ र बेदना राई, बिक्रम तामाङ, राजेन्द्र उप्रेती, सुवाश तामाङ, बाल कलाकार सानु तामाङलगायतले अभिनय गरेका छन्।

दिवेश राईको संगीत संयोजन रहेको गीतको भिडियो गायक दिपेनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

 

प्रकाशित: ६ चैत २०७९ ११:०७ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast