कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै प्रदर्शन

हिमाल प्रेस ५ चैत २०७९ १८:४३ | Sunday, March 19, 2023
कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै प्रदर्शन फाइल तस्बिर

इटहरी- कोशी प्रदेश नामकरण खारेज हुनुपर्ने भन्दै आइतबार दिनभर विराटनगरमा प्रर्दशन गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सीमित क्षेत्रमा निषेधित घोषणा गरे पनि अवज्ञा गर्दै प्रदर्शनकारीले प्रदर्शन गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो।

प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दा प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी रन्जीतकुमार दाहालका अनुसार प्रदर्शनमा आक्रोशित भएको भीडले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजीसमेत गरेका छन्।

उनीहरूले एमालेको विरुद्धमा पनि नाराबाजी गरेका छन्। प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय छेउ रोडशेषमा प्रदर्शनकारी पुगेका थिए।

प्रदेशको नामकरण खारेजीको माग राख्दै विभिन्न पहिचान पक्षधरहरू आन्दोलित बनेका छन्।

प्रकाशित: ५ चैत २०७९ १८:४३ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast