‘नांगो गाउँ’को छायांकन चैत १० देखि सुरु हुने

हिमाल प्रेस ५ चैत २०७९ १६:०५ | Sunday, March 19, 2023
‘नांगो गाउँ’को छायांकन चैत १० देखि सुरु हुने

काठमाडौँ- दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘नांगो’ गाउँको छायांकन चैत १० देखि सुरु हुनेछ। अहिले फिल्मको कार्यशाला भइरहेको छ।

निर्देशक लामाले कार्यशालाका केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। र, फिल्मको छायांकन चैत १० देखि सुरु हुने जानकारी दिएका छन्। ‘फिल्म ‘नांगो गाउँ’लाई सकेसम्म कलात्मक र सुन्दर बनाउन आयोजित कार्यशलाका केही दृश्य। फिल्मको छायांकन चैत १० बाट सुरु हुनेछ।’

लामाले साझा गरेका तस्बिरमा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, बुद्धि तामाङ, कार्मलगायत कलाकार देखिएका छन्। फिल्ममा दयाहाङ पासाङको भूमिकामा देखिने छन् भने मिरुना मगर नीमा बन्नेछिन्। अभिनेता कार्म शंकर बन्नेछन् भने साम्राज्ञीराज्यलक्ष्मी शाह रविना हुनेछिन्।

‘नांगो गाउँ’ लामाको पाँचौँ फिल्म हुनेछ। यसअघि ‘गोपी’, ‘घामपानी’, ‘छ माया छपक्कै’ फिल्म निर्देशन गरेका छन्। उनी नेपाली फिल्म क्षेत्रमा फरक धारको फिल्म बनाउने निर्देशक मानिन्छन्।

प्रकाशित: ५ चैत २०७९ १६:०५ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast