फाइल तस्बिर।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि विश्वासको मत दिने भएको छ। आज (आइतबार) बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो।
प्रधानमन्त्री प्रचण्डले भोलि (सोमबार) विश्वासको मत लिने तयारी गरेका छन्। यसअघि कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको थियो।
प्रकाशित: ५ चैत २०७९ १३:११ | Sunday, March 19, 2023
प्रतिक्रिया



