प्रधानमन्त्रीले लिने विश्वासको मतबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै

हिमाल प्रेस ५ चैत २०७९ ७:२८ | Sunday, March 19, 2023
प्रधानमन्त्रीले लिने विश्वासको मतबारे छलफल गर्न कांग्रेसको बैठक बस्दै नेपाली कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवासहित अन्य पदाधिकारीहरू। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दैछ।

बैठक आइतबार बिहान साढे १० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समीक्षा, प्रधानमन्त्रीले लिने विश्वासको मत र सरकारमा सहभागितका विषयमा छलफल हुने बताइएको छ।

आइतबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ भने सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित: ५ चैत २०७९ ७:२८ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast