प्रधानमन्त्रीलाई विश्वासको मत दिन १० दल सकारात्मक

हिमाल प्रेस ४ चैत २०७९ १९:०४ | Saturday, March 18, 2023
प्रधानमन्त्रीलाई विश्वासको मत दिन १० दल सकारात्मक

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन गठबन्धनका सबै दल सकारात्मक भएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठकमा भएको छलफलअनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै दल सकारात्मक देखिएका हुन्।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे १० दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको बताए। बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विश्वासको मत दिन सबै दलका नेताहरू सकारात्मक रहेको बताए।

उनका अनुसार बैठकमा आईतबार संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकबारे पनि छलफल गरिएको थियो। ‘६ गते प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे छलफल भयो,’ उनले भने, ‘भोलि संसदमा पेस हुने संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषद्सँग सम्बन्धित विधेयकबारे छलफल भयो।’

प्रधानमन्त्री प्रचण्डले सोमबार संसदमा विश्वासको मत लिनेछन्।

प्रकाशित: ४ चैत २०७९ १९:०४ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast