नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता

हिमाल प्रेस ३ चैत २०७९ १९:११ | Friday, March 17, 2023
नेपाल र भारतका राष्ट्रपतिबीच टेलिफोन वार्ता

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग छिमेकी भारतका समकक्षी द्रौपदी मुर्मुले शुक्रबार टेलिफोन गर्दै बधाई तथा शुभकामना व्यक्त गरेकी छन्।

पौडेल राष्ट्रपति भएकै दिन यस्तो शुभकामना दिएकी भए पनि शुक्रबार टेलिफोन गरेर शुभकामना दिएकी हुन्।

हाल केरला भ्रमणमा रहेकी राष्ट्रपति मुर्मुले राष्ट्रपति पौडेललाई टेलिफोन गरी नेपालको राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाई दिँदै मुलुकको हित र प्रगतिका लागि महत्त्वपूर्ण अभिभावकीय जिम्मेवारी सम्हालेकोमा शुभकामना दिएकी हुन्।

दुवै राष्ट्रपतिले नेपाल र भारतबीचको अनुपम र बहुआयामिक सम्बन्धबारे चर्चा गर्दै अझनजिक रहेर काम गर्ने बताएका छन्।

उनीहरूले द्विपक्षीय सहयोगलाई अझ अगाडि बढाउने र हाम्रा दुई देशका जनताबीचको मित्रताको बलियो बनाउँदै अघि बढाउने पनि बताएका छन्।

राष्ट्रपति पौडेलको नेतृत्वमा भारत-नेपाल द्विपक्षीय सम्बन्ध थप उचाइमा पुग्ने र मुलुक हितमा अडेर विकास र नागरिकलाई सर्वोपारी ठानेर काम गर्ने भारतीय सकमक्षीले विश्वास व्यक्त गरेकी छन्।

प्रकाशित: ३ चैत २०७९ १९:११ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast