रेल्वे कम्पनीले माग्यो कर्मचारी

हिमाल प्रेस ११ मंसिर २०७९ ९:०९ | Sunday, November 27, 2022
रेल्वे कम्पनीले माग्यो कर्मचारी फाइल तस्बिर

काठमाडौँ- नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरू माग गरेको छ।

कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्रयाक इन्जिनियर र १ जना एयर कन्डिसनर इन्जिनियर मागेको हो।

रेल चालकमा आवेदन दिन रेल चालकको लाइसेन्स प्राप्त गरी कम्तीमा ५ वर्ष अनुभव भएको हुनुपर्ने योग्यता छ। त्यस्तै स्टेसन मास्टर हुनका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ। त्यसबाहेक कम्तीमा पाँच वर्षको अनुभव पनि चाहिने भएको छ।

यस्तै ट्रयाक इन्जिनियरका लागि सिभिल इन्जिनियरङ विषयमा डिप्लोमा वा सो सरह उत्तीर्ण गरी कम्तीमा ३ वर्ष ट्रयाक इन्जिनियर भई काम गरेको हुनुपर्ने छ।

एयर कन्डिस्नर इन्जिनियरका लागि इलेक्ट्रिकल वा एयर कन्टिस्नलर विषयमा डिप्लोमा उत्तीर्ण गरी एयरकन्डिसन मर्मत सम्भारमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जानकारी दिएको छ। यसका लागि आवेदन दिन १५ दिनको समय तोकिएको छ।

कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ।

May be an image of text

प्रकाशित: ११ मंसिर २०७९ ९:०९ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast