मलमा दिँदै आएको अनुदान हटाएपछि निरन्तर विरोध

हिमाल प्रेस २ चैत २०७९ १४:४५ | Thursday, March 16, 2023
मलमा दिँदै आएको अनुदान हटाएपछि निरन्तर विरोध

काठमाडौँ- मलमा दिँदै आएको अनुदान सरकारले कटौती गरेपछि किसान सम्बद्ध संघसंगठनहरूले विरोध प्रदर्शन गरेका छन्। बिहीबार काठमाडौँमा विभिन्न दल निकट संगठनहरूको संलग्नतामा सरकारी निर्णयको विरोध गर्दै प्रदर्शन गरिएको हो।

एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनलगायत संघहरूले माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्।

ती संघसंगठनहरूले अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले नेपाली किसानको बजार सुनिश्चित गर, किसान मार्न पाइँदैन, प्रचण्ड सरकार चाहिँदैन, मलको भयो हाहाकार, राजीनामा देउ कम्र्फटेबल सरकारलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए।

वर्तमान सरकारले किसानविरोधी निर्णय गरेको भन्दै निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने उनीहरूको चेतावनी छ।

किसानलाई दिँदै आएको अनुदान अविलम्ब फिर्ता गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी पनि उनीहरूले गरेका छन्।

सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान समग्रमा ११.८ प्रतिशतले घटाउने निर्णय गरेको छ। अनुदान कटौतीसँगै मल महन्गो पर्ने भएकाले किसान सम्बद्ध संघसंगठनहरूले प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित: २ चैत २०७९ १४:४५ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast