गोरखा : कृषकलाई अनुदानमा हाते ट्र्याक्टर

हिमाल प्रेस २ चैत २०७९ ११:३३ | Thursday, March 16, 2023
गोरखा : कृषकलाई अनुदानमा हाते ट्र्याक्टर

गोरखा- गोरखाको आरुघाट गाउँपालिकाले पालिकाभित्र कृषि क्षेत्रलाई यान्त्रिकीकरण बनाउँदै लैजाने उद्देश्यका साथ कृषकलाई हाते ट्र्याक्टर (पावर ट्रिलर) वितरण गरेको छ।

गाउँपालिकाले पालिकाभित्रका ६९ कृषक छनोट गरेर ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए। कृषि पेसामा नै आत्मानिर्भर बन्दै आएका कृषक छनोट गरेर गाउँपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको उनले बताए।

‘हामीले सार्वजनिक सूचनामार्फत आवेदनका लागि आह्वान गरेका थियौँ’, उनले भने, ‘आवेदन दिएका एक सय ३५ जनामध्ये छनोट गरेर ट्र्याक्टर वितरण गरिएको हो’, परम्परागत शैलीमा खेती गर्दै आएका कृषकको कृषि पेसालाई प्रविधिमैत्री बनाउँदै कृषिमै उनीहरूलाई आत्मनिर्भर बनाउनका लागि सहयोग पु¥याउने उद्देश्यले पालिकाले अनुदानमा ट्र्याक्टर वितरण गरेको अध्यक्ष गुरुङको जानकारी दिए।

यसबाट कृषिकर्मलाई काम छिटो, छरितो बनाउनुका साथै कृषि क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउँदै लैजान सकिने उनको भनाइ छ। ‘पुराना कृषि प्रविधिको माध्यमबाट मात्रै अब कृषि उत्पादनमा वृद्धि गर्न गाह्रो हुन्छ’, गाउँपालिका अध्यक्ष गुरुङले भने, ‘जोत्नका लागि गोरु पाल्न छोडे, जग्गा बाँझो बस्न थाल्यो, बाँझो जमिनमा खेती गर्न कृषकलाई हौसला प्रदान गर्न ट्र्याक्टर वितरण गरिएको हो।’

पालिकाभित्रका सबै वडाका कृषकलाई समेट्ने गरी ट्र्याक्टर वितरण गरिएको उनको भनाइ छ।

प्रकाशित: २ चैत २०७९ ११:३३ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast