ललितपुर महानगरले ल्यायो स्काई लिफ्टिङ

हिमाल प्रेस २ चैत २०७९ ११:४४ | Thursday, March 16, 2023
ललितपुर महानगरले ल्यायो स्काई लिफ्टिङ

ललितपुर- ललितपुर महानगरपालिकाले स्काई लिफ्टिङ ल्याएको छ। बिरुवाको हाँगा काट्न (ट्रिमिङ), स्मार्ट सडक बत्ती सरसफाइ गर्न र नयाँ जडान गर्न, अव्यवस्थित तार काट्न, होडिङ बोर्ड निकाल्न यसको प्रयोग हुने महानगरले जनाएको छ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले स्काई लिफ्टिङ बहुउपयोगी भएको बताए। उनले भने, ‘ट्रि ट्रिम गर्न, सडकबत्ती जडानदेखि सरसफाइसम्म यसको प्रयोग गर्छौँ।’

सजिलो र सुरक्षित ढंगबाट काम सम्पन्न गर्न यो साधन निकै उपयोगी हुने उनले दाबी गरे। महानगरले यसअघि बिरुवामा पानी हाल्न विशेष किसिमको पानी ट्यांकर खरिद गरेको थियो। सुख्खायाममा ट्यांकरले बिरुवामा पानी हाल्दा धुलाम्य बिरुवा सफा हिउँदमा आकाशबाट पानी नपर्दा धुलाम्य भएका बिरुवा ट्यांकरबाट पानी हाल्दा सफा देखिन्छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सहरलाई सुन्दर र सफा बनाउनका लागि यो साधन उपयोगी हुने बताए। उनले भने, ‘महानगरले काम छिटो र चुस्त हुन्छ। ’ सवारीसाधनमा जडित यो स्काई लिफ्टिङ सवारी चालकको नियन्त्रणमा रहन्छ। महानगरले ३१ लाख रुपैयाँमा स्काई लिफ्टिङ खरिद गरेको हो।

प्रकाशित: २ चैत २०७९ ११:४४ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast