फाइल तस्बिर।
काठमाडौँ- उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बोलाएको छ। रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो।
बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने छ। उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन। राष्ट्रपति निर्वाचनमा भने रास्वपाले सत्तारुढ उम्मेदवार रामचन्द्र पौडेललाई मत हालेको थियो।
प्रकाशित: २ चैत २०७९ ११:१४ | Thursday, March 16, 2023
प्रतिक्रिया





