छैठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बिहीबारदेखि, क्युएफएक्सका हलहरूमा

हिमाल प्रेस १ चैत २०७९ २०:०७ | Wednesday, March 15, 2023
छैठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बिहीबारदेखि, क्युएफएक्सका हलहरूमा

काठमाडौँ- छैठौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) बिहीबार (चैत २ गते)देखि सुरु हुने भएको छ। क्युएफएक्सका सिनेमा हलहरूमा महोत्सव सुरु हुने भएको हो।

प्रायः ‘थिएटर रिलिज’ नहुने छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरूलाई प्रोत्साहन हुने र नेपाली दर्शकलाई यस्ता फिल्म हेर्ने अवसर महोत्सवले उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ।

महोत्सवले दर्शकको फिल्म साक्षरता अभिवृद्धि गर्न तथा चलचित्र जगतको विकास र प्रवद्र्धनलाई समेत प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले क्युएफएक्स सिनेमाजले महोत्सवमा सहकार्य गरेको हो। ‘नेपाली चलचित्र निर्माणको स्तर उकास्न एवं विविधता ल्याउन सहयोग पुर्‍याउने क्युएफएक्सको उद्देश्य रहँदै आएको छ,’ क्युएफएक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नीफसँगको सहकार्य त्यही प्रयासको निरन्तरता हो।’

छैठौं महोत्सवमा छनोट भएका तथा नभएका लामा तथा छोटा फिल्महरू क्युएफएक्स अन्तर्गतका सिनेमा घरहरूमा प्रदर्शित हुनेछन्।

प्रकाशित: १ चैत २०७९ २०:०७ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast