सांकेतिक तस्बिर।
                                            काठमाडौँ- मकवानपुरको हेटौँडा उपहानगर–११ थानाभर्याङमा आज (बुधबार) बिहान पिकअप भ्यानको ठक्करबाट एक महिलाको ज्यान गएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१च ६९४३ नम्बरको भ्यानले ठक्कर दिँदा नामथर वतन नखुलेको अन्दाजी ३५/४० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याउन साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए।
                            प्रकाशित: १ चैत  २०७९ ८:५४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

