राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा डा. चालिसे

हिमाल प्रेस ३० फागुन २०७९ १९:४० | Tuesday, March 14, 2023
राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिवमा डा. चालिसे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन्। अमेरिका र बेलायतमा राजदूत समेत रहिसकेका डा. चालिसेलाई परराष्ट्र मामिला समेत हेर्नेगरी प्रमुख स्वकीय सचिवमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।

डा. चालिसे पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका परराष्ट्र मामिला सल्लाहकार समेत रहेका थिए। भारतबाट विद्यावारिधी गरेका राजविराजका चालिसे राजनीतिमा पनि सक्रिय थिए।

राष्ट्रपति पौडेलले निजी सचिवमा आफ्नो पुरानै सहयोगी चिरञ्जीवी पौडेललाई नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलकोमा विभिन्न नियुक्ति लिन कांग्रेस केन्द्र धाउनेहरूको सूची लामै छ। तर, अन्य पदमा तत्काल निर्णय नलिने सचिवालयले जानकारी दिएको छ।

उनलाई प्रेस सल्लाहकार, कानुनी सल्लाहकार र राजनीतिक सल्लाहकारमा विभिन्न नेताले विभिन्न नामहरू दिए पनि राष्ट्रपति पौडेलले निर्णय लिएका छैनन्।

स्रोतका अनुसार पूर्व जर्नेल पनि रक्षा सल्लाहकारको प्रयासमा छन्। सपथ लिएको दोस्रो दिन दुई जनालाई नियुक्ति दिएर उनले अहिलेको कामलाई सहजता दिएका हुन। नियुक्त दुवै जनाले आफ्नो काम थालिसकेका छन्।

प्रकाशित: ३० फागुन २०७९ १९:४० | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast