रियलमीका ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’लाई स्कुटर उपलब्ध

हिमाल प्रेस ३० फागुन २०७९ १५:२० | Tuesday, March 14, 2023
रियलमीका ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’लाई स्कुटर उपलब्ध

काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरूलाई स्कुटर उपलब्ध गराएको छ। गत असोजमा दसैँको अवसरमा ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीका २५० भन्दा बढी स्मार्टफोन बिक्री गरेका २१ जना विक्रेतालाई टिभिएस एनटर्क स्कुटर उपलब्ध गराएको हो।

२१ मध्ये ७ वटा स्कुटर गत आइतबार नक्सालस्थित जगदम्बा मोबाइल्सको कर्पोरेट कार्यालयबाट वितरण गरिएको थियो। बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जानकारी दिएको छ।

रियलमीका कन्ट्री हेड मुनिश गिरीले रियलमीका स्मार्टफोनहरू आम उपभोक्तामाझ सहज रूपमा पु¥याउन सहयोग गर्ने सबै विक्रेतलाई धन्यवाद व्यक्त गरे।

प्रकाशित: ३० फागुन २०७९ १५:२० | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast