जनताको जनजीविकासँग जोडिने काम गर्न रास्वपाको निर्देशन

हिमाल प्रेस ३० फागुन २०७९ १३:२९ | Tuesday, March 14, 2023
जनताको जनजीविकासँग जोडिने काम गर्न रास्वपाको निर्देशन फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ। यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा जारी पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा सहभागी नेताहरुलाई उत्पादन केन्द्रित रणनीति बनाएर काम गर्न निर्देशन दिइएको हो।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभापति रवि लामिछानेले जनताको दैनिक जीवनसँग जोडिने गरी काम गर्न सबै तहका नेतृत्वलाई निर्देशन दिए। उनले उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने गरी संगठनले काम गर्नुपर्ने बताएका छन्।

उनका अनुसार सभापति लामिछानेले संगठनलाई चलयमान बनाउन स्थानीयस्तरसम्म संगठन विस्तार आवश्यक रहेको उल्लेख गरे। आगामी स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी तल्लो तहबाट काम गर्न जरुरी रहेको उनको भनाइ थियो।

प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेश कमिटीका पदाधिकारीहरू सहभागी रहेको निजी सचिव सिग्देलले बताए। प्रशिक्षणमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री डा मुकुल ढकाल, सङ्गठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीलगायतले प्रशिक्षण दिएका थिए।

प्रशिक्षणका क्रममा पार्टीको विधान, सांगठनिक संरचना, अधिकारका विषयमा छलफल भएको उनले बताए। कार्यक्रम आजसम्म सञ्चालन हुने बताइएको छ।

प्रकाशित: ३० फागुन २०७९ १३:२९ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast