ज्याकीः आई एम २१ : जसिताको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक

हिमाल प्रेस ३० फागुन २०७९ १३:३० | Tuesday, March 14, 2023
ज्याकीः आई एम २१ : जसिताको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक

काठमाडौँ- फिल्म ‘ज्याकीः आई एम २१’ की मुख्य नायिका जसिता गुरुङको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक भएको छ। यसमा जसिता डान्सरको अवतारमा छिन्। उनी फिल्ममा ‘रुबी’ नामक पात्रको भूमिकामा देखिने भएकी छन्।

यसअघि फिल्मको तीनवटा प्रचार सामग्री सार्वजनिक भएको थियो। पहिलो दुई पोस्टर र टिजर। जसमा फिल्मका मुख्य पात्र धिरज मगर मात्र अटाएका थिए।

रेनेशा राई रानाको पटकथा र निर्देशन रहेको फिल्म आगामी वैशाख २१ गतेदेखि प्रदर्शन हुनेछ।

फिल्ममा जसिता र धिरजसहित अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बुलगायतको अभिनय छ।

फिल्म प्रभुशमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण र सुशन प्रजापतिको छायांकनमा बनेको हो।

नृत्य आधारित फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।

प्रकाशित: ३० फागुन २०७९ १३:३० | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast