माओवादी धारको अन्तरक्रिया कार्यक्रम स्थगित

हिमाल प्रेस ३० फागुन २०७९ ११:४२ | Tuesday, March 14, 2023
माओवादी धारको अन्तरक्रिया कार्यक्रम स्थगित

काठमाडौँ- माओवादी घटका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम स्थगित भएको छ।

छलफल कार्यक्रम स्थल व्यवस्थापन हुन नसक्दा स्थगित गर्नु परेको माओवादीका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए।

सर्वोच्च अदालतले युद्धकालिन मुद्दालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले आपत्ति जनाउँदै आएका छन। सोही बारेमा यसअघि गत २६ गते बसेको माओवादी घटकका पार्टीहरुको बैठकले पत्रकार सम्मेलन र अन्तरक्रिया गर्ने घोषणा गरेका थिए।

गत २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गरेका माओवादी घटकले आज गर्ने भनिएको नागरिक अगुवा तथा बुद्धिजीविहरूसँग छलफल र अन्तरक्रिया गर्ने अन्तिममा स्थगित गरेका हुन।

सोही विषयमा माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन्।

प्रकाशित: ३० फागुन २०७९ ११:४२ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast