पेट्रोल बेच्ने निगमले नै किन्यो विद्युतीय गाडी

हिमाल प्रेस २९ फागुन २०७९ १९:५१ | Monday, March 13, 2023
पेट्रोल बेच्ने निगमले नै किन्यो विद्युतीय गाडी

काठमाडौँ- नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको नेपाल आयल निगमले ३ वटा विद्युतीय गाडी खरिद गरेको छ। निगमले बीवाईडी ब्राण्डका ‘अल न्यू ई६’ गाडी खरिद गरेको हो।

बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंकले सोमबार निगमलाई विद्युतीय गाडी हस्तान्तरण गरेको हो। निगमको दिगोपना र वातावरणीय जिम्मेवारीको अनुरूप नै अल न्यू ई६ खरिद गरिएको बताइएको छ। ‘शुन्य उत्सर्जन र कम सञ्चालन खर्च रहेका ई६ सवारी साधनहरू धेरै नै प्रभावकारी र वातावरणमैत्री रहेका छन्,’ हस्तान्तरणपछि साइमेक्स इंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।’

साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाईडीका विद्युतीय गाडी निगमले खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने रणनीतिका रूपमा लिइएको बताइन्।

प्रकाशित: २९ फागुन २०७९ १९:५१ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast