अस्करमा उत्कृष्ट

हिमाल प्रेस २९ फागुन २०७९ १३:४७ | Monday, March 13, 2023
अस्करमा उत्कृष्ट

काठमाडौँ- अस्कर अवार्ड २०२३ सम्पन्न भएको छ। ९५ औँ संस्करणको अस्कर लस एन्जलस, क्यालिफोर्नियाको डल्बी थिएटरमा भएको थियो। डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट सब्जेक्ट, इन्टरनेसनल फिचर फिल्म, मेकअप एन्ड हेयर स्टाइलिङ, म्युजिक, एनिमेटेड सर्ट फिल्म, साउन्ड, भिजुअल इफेक्ट्सलगायत विधामा अवार्ड प्रदान गरिएको छ।

‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ यस वर्ष सबैभन्दा बढी अवार्ड हातपार्ने फिल्म बनेको छ। सर्वोत्कृष्ट फिल्म, निर्देशन, अभिनेत्री, सम्पादन, मौलिक पटकथा, सहायक अभिनेता र सहायक अभिनेत्री गरी फिल्मले सातवटा अवार्ड हात पारेको छ।

फिल्मबाट सर्वोत्कृष्ट अभिनेत्री मिसेल योह भएकी छन्। उनी मलेसियन अभिनेत्री हुन्। अस्करमा अवार्ड पाउने उनी पहिलो एसियन अभिनेत्री हुन्। त्यस्तै उत्कृष्ट अभिनेताको अवार्ड ‘द ह्वेल’का लागि ब्रेन्डन फ्रेसरले जिते।

यो वर्षको अस्कर भारतका लागि पनि राम्रो रह्यो। यसपालि अस्करमा दक्षिण भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ले उत्कृष्ट मौलिक गीतको अवार्ड जित्यो। त्यस्तै उत्कृष्ट वृत्तचित्रको अवार्ड ‘द एलिफेन्ट ह्विस्पर्स’ले पाएको छ। भारतीय अभिनेत्री दीपिका पादुकोण अस्करमा प्रस्तोता रहेकी थिइन्। ‘नाटु नाटु’ गीतले अवार्ड पाइरहँदा उनी भावुक भएकी थिइन्।

अस्करका विजेता

अन्तर्राष्ट्रिय फिल्म  : अल क्वाइट अन द वेस्र्टन फ्रन्ट

एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल टोरोस् पिनोकियो

डकुमेन्ट्री फिचर : नाभल्नी

डकुमेन्ट्री सर्ट : द एलिफेन्ट ह्विस्पर्स

लाइभ एक्सन सर्ट फिल्म : एन आइरिस गुडबाई

एनिमेटेड सर्ट फिल्म : द ब्वाई, द मोल, द फक्स एन्ड द हर्स

उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर (द ह्वेल)

उत्कृष्ट अभिनेत्री  : मिसेल योह (एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स)

सहायक अभिनेता : के ह्ये क्वान

सहायक अभिनेत्री : जेमी ली कर्टिस

निर्देशक : डेनिएल क्वान र डेनिएल साइनर्ट (एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स)

फिल्म सम्पादन : एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

मेकअप एन्ड हेयर : द ह्वेल

कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर

प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्र्टन फ्रन्ट

ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

भिजुअल इफेक्ट्स : अवतार : द वे अफ वाटर

ओरिजिनल स्क्रिनप्ले  : एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

एडप्टेड स्क्रिनप्ले  : वुमन टकिङ

साउन्ड : टप गन : मेभरिक

ओरिजिनल सङ : नाटु नाटु (आरआरआर)

बेस्ट पिक्चर  : एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

प्रकाशित: २९ फागुन २०७९ १३:४७ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast