सुनसरी ४ मा मतगणना स्थगित

हिमाल प्रेस १० मंसिर २०७९ १५:३९ | Saturday, November 26, 2022
सुनसरी ४ मा मतगणना स्थगित

इटहरी– सुनसरी ४ मा प्रतिनिधिसभातर्फको मतगणना स्थगित भएको छ।

नेकपा एमालेले गणना कार्यमा धाँधली गरेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीसहित कार्यकर्ताले विरोध गरेपछि मतगणना स्थगित भएको हो।

उनीहरूले निर्वाचन आयोगले ६०६ मत एमालेतर्फ जोडेको दाबी गरेपछि मत गणनाकार्य स्थगित भएको हो।

उक्त क्षेत्रमा अहिले सर्वदलीय बैठक बसेको छ। बैठकको निर्णयअनुसार गतगणना हुने देखिएको छ।

सुनसरी ४ मा सत्तागठबन्धनबाट कांग्रेसका कार्की र एमालेका जगदीश कुसियतबीच प्रतिस्पर्धा भइरहेकाे छ। एमालेले धाँधली गरेको भन्दै कार्कीले मतगणना स्थगित गर्न र सर्वदलीय बैठकको माग गरेका हुन्।

प्रकाशित: १० मंसिर २०७९ १५:३९ | Saturday, November 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast