सरकारमा जाने सोच छैन : रवि लामिछाने

हिमाल प्रेस २९ फागुन २०७९ ११:२५ | Monday, March 13, 2023
सरकारमा जाने सोच छैन : रवि लामिछाने फाइल तस्बिर- हिमाल प्रेस

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको बताए। उनले भने, ‘सरकारमा जाने तयारी भन्ने होइन। परिस्थितिलाई मूल्यांकन गर्नुपर्ने हुन्छ।’ उनले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए।

उनले थपे, ‘अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन।’ रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए।

आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गरे। सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो।

प्रकाशित: २९ फागुन २०७९ ११:२५ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast