धनगढी देशकै उत्कृष्ट

हिमाल प्रेस २९ फागुन २०७९ ९:३३ | Monday, March 13, 2023
धनगढी देशकै उत्कृष्ट

धनगढी- सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका देशकै उत्कृष्ट नगरपालिका घोषित भएको छ। नेपाल नगरपालिका संघले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरको रूपमा पुरुस्कृत गर्न लागेको हो।

नगरपालिका संघ ३० वर्षमा प्रवेश गर्न लागेको अवसरमा प्रधानमन्त्रीबाट धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रूपमा सम्मान गर्ने संघले जनाएको छ। नेपाल नगरपालिका संघले संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढीलाई उत्कृष्ट नगरपालिका पुरस्कारका लागि छनोट गरिएको जनाएको छ।

मंगलबार काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ।

नेपाल नगरपालिका संघ सम्पूर्ण नगरपालिकाहरूको प्रतिनिधिमूलक संस्थाको पमा २०५० मा स्थापना भई नगरपालिकाहरूको साझा मुद्दा र हकहितको सवालमा वकालत र पैरवी गर्दै आएको संस्था हो।

प्रकाशित: २९ फागुन २०७९ ९:३३ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast