राष्ट्रपतिमा निर्वाचित पौडेलले पार्टीका सबै पदबाट दिएकाे राजीनामा स्वीकृत

हिमाल प्रेस २८ फागुन २०७९ १९:१० | Sunday, March 12, 2023
राष्ट्रपतिमा निर्वाचित पौडेलले पार्टीका सबै पदबाट दिएकाे राजीनामा स्वीकृत फाइल तस्बिर।

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस पार्टीबाट राजीनामा दिएका छन्। आइतबार पार्टी सभापति शेरबहादुर देउवालाई दिएको राजीनामा देउवाबाट पनि स्वीकृत भइसकेको छ।

पाैडेलले आइतबार कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्यबाट पनि राजीनामा दिएका थिए।

नेपाली कांग्रेसका नेता पौडेल गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका थिए। ‘उहाँ (पौडेल)ले आज (आइतबार) दिनुभएको राजीनामा सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आजैका मितिदेखि लागू हुनेगरी स्वीकृत गर्नु भएको छ,’ नेपाली कांग्रेस पार्टी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

पौडेलले लामो समय पार्टीमा आबद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा योगदान पुर्‍याएको सभापति देउवाले बताए।

राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरूप पौडेलले कार्यसम्पादन गर्नेमा आफू विश्वस्थ रहेको देउवको भनाइ थियो।

प्रकाशित: २८ फागुन २०७९ १९:१० | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast