आरआर क्याम्पसबाट खुकुरीसहित एक जना पक्राउ

हिमाल प्रेस २७ फागुन २०७९ २०:१२ | Saturday, March 11, 2023
आरआर क्याम्पसबाट खुकुरीसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौँस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा शनिबार खुकुरीसहित एक जना पक्राउ परेका छन्। स्वतन्त्र विद्यार्थी युनियनको चुनावको उम्मेदवारी दर्ताको दिन उनी क्याम्पस हाताबाट पक्राउ परेका हुन्।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका सन्दीप चन्द खुकुरीसहित पक्राउ परेको प्रहरीले जनाएको छ। स्ववियु चुनावको उम्मेदवारी मनोनयनका क्रममा उनले खुकुरी देखाएर अन्य संगठनका विद्यार्थी धम्क्याएका थिए।

सो क्रममा पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ फागुन २०७९ २०:१२ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast